केपी ओली नेतृत्वमा सरकार बनाउने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौँ, २२ असार । नेपाली कांग्रेसको संसदीय दलको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति कार्यान्वयन गर्ने दृढता व्यक्त गरेको छ ।

शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले १७ असारमा भएको कांग्रेस एमालेबीच नयाँ सरकार गठनसम्बन्धी सहमतिलाई स्वागत गरेको छ । राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण, विकास निर्माणलाई तिब्रता, राजनीतिक स्थिरता, संविधान संशोधन र अर्थतन्त्र बलियो पार्ने उद्देश्यका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको कांग्रेसको भनाइ छ ।

‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ’ कांग्रेस संसदीय दलको निर्णयमा भनिएको छ ।

कांग्रेसले एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार बनाउने सहमति भइसकेकाले २८ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । सप्तरीमा मन्जुरीविना बिहे गराइदिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–९

काठमाडौँ, ४ असार । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति

काठमाडौँ, ४ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ४ असार । २०८३ साल असार ४ गते बिहीबारको राशिफल ।  मेष : दिन सामान्य छ। प्रष्ट गरी बोल्नुपर्ने समय