एमालेद्वारा पोखरामा वृक्षारोपण

कास्की, २२ असार । राष्ट्रिय युवा संघ नेपालको एक महिने ‘एक युवा, पाँच विरुवा’ वृक्षरोपण अभियान अन्तरगत आज पोखरा महानगरपालिका वडा नं. १८ मा वृहत वृक्षरोपण गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले वडा नं ५ कमिटीको आयोजनामा पार्टी कमिटीको वार्षिक क्यालेण्डर अन्तरगत साथै विविध सन्दर्भहरु (मदन भण्डारी जन्मजयन्ती, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले अघि सारेको ३ लाख विरुवा रोपण गर्ने अभियान) पारि पोखरा महानगरपालिका वडा नं. १८ मा स्थित सहिद राष्ट्रिय विभूति पार्कमा प्रतिकुल मौसमका वावजुद पनि बृहत सहभागीतामा विभिन्न प्रजातिका फलफुलहरु तथा महत्वपूर्ण विरुवाहरु रोपण गरी सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य राजिब पहारी हुनुहुन्थ्यो भने नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्यद्वय उमा कोइराला, धन बहादुर नेपाली, कमला सुनार, कास्की जिल्ला कमिटीका उपाध्यक्ष भेषराज बराल, सदस्य उज्वल खत्री, कल्पना भुवाजी क्षेत्री, हरि बराइली, महानगर कमिटी अध्यक्ष जिवन आचार्य, उपाध्यक्ष नरेन्द्र ढुङ्गाना, उपसचिव हरिमाया विश्वकर्मा, सदस्य मणिराम बराल, गोमा सोति, प्रदिप सुवेदी, तिलमाया सुवेदी भण्डारी, सन्तोष थापा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य साजन सुवेदी, पोखरा महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विष्णुप्रसाद बराल, सदस्य गोबिन्द पराजुली लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।