भोली बस्ने प्रतिनिधिसभा बैठकका कार्यसूची

काठमाडौँ, २२ असार । भोली बिहान ११ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

भोलीको बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित ४ कार्यसूची तय गरेको छ । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र मन्त्रालयको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । 

यस्तै प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको “विनियोजन विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको छ ।  यस्तै पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले “पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०” पेस गर्ने कार्यसूची रहेको छ । 

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन आव २०७९ र २०८०” पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् । सभामा शून्य समय, विशेष समयमा बोल्ने लगायतका कार्यसूची भने भोली संसद् बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।