मधेस प्रदेशसभाको बैठक सुरु

काठमाडौँ, २२ असार । विश्वासको मत लिन डाकिएको मधेस प्रदेश सभाको बैठक सुरु भएको छ । प्रदेशसभाको भवनमा आज मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ । 

प्रदेशसभाको बैठक सुरु भए लगत्तै मुख्यमन्त्री सतिस सिंहले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री सिंहले बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्दै सदनबाट आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् । 

उनले संविधानको धारा १६८ उपधारा (४) बमोजिम सदनमा विश्वासको मतको प्रस्ताव पेस गरेका हुन् । विश्वासको मतको प्रस्ताव पेस गर्दै मुख्यमन्त्री सिंहले सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।  ‘बढीभन्दा बढी मत दिएर मप्रति सदनको विश्वास रहेको छ भने तपाईँहरूले पुष्टि गर्नुहोला’ बैठकलाई सम्बोधन गर्दै उनले भने । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने