मधेस प्रदेशसभाको बैठक सुरु

काठमाडौँ, २२ असार । विश्वासको मत लिन डाकिएको मधेस प्रदेश सभाको बैठक सुरु भएको छ । प्रदेशसभाको भवनमा आज मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ । 

प्रदेशसभाको बैठक सुरु भए लगत्तै मुख्यमन्त्री सतिस सिंहले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री सिंहले बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्दै सदनबाट आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् । 

उनले संविधानको धारा १६८ उपधारा (४) बमोजिम सदनमा विश्वासको मतको प्रस्ताव पेस गरेका हुन् । विश्वासको मतको प्रस्ताव पेस गर्दै मुख्यमन्त्री सिंहले सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।  ‘बढीभन्दा बढी मत दिएर मप्रति सदनको विश्वास रहेको छ भने तपाईँहरूले पुष्टि गर्नुहोला’ बैठकलाई सम्बोधन गर्दै उनले भने । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका