युवा संघ अध्यक्ष राईद्वारा बाल कल्याण गृहलाई खाद्यान्न सहयोग

संखुवासभा, २२ असार । राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष हिल जोन्सोन राईले आफ्नो जन्मदिनको अवसरमा शुक्रवार बाल कल्याण गृहलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

मकालु त्रीशक्ती समूह (माट्स नेपाल्)द्वारा संचालित बाल कल्याण गृह खादबारीलाई अध्यक्ष राईले खाद्यान्न तथा स्टेशनरी प्रदान गर्नुभयो । एक कार्यक्रमबीच सस्थाका संरक्षक ध्रुब खड्का र धाईआमा कोपिला राईलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । बाल गृहलाई खाद्यान्य तथा स्टेशनरी तथा फलफुल हस्तान्तरण गर्दै फलुल खर्च गर्नुभन्दा सामाजिक क्षेत्रमा सहयोग गर्नु नै मानवीय धर्म रहेको उल्लेख गर्नुभयो । युवाहरु सडक आन्दोलनको अगुवाई गर्ने मात्र नभई सामाजिक रुपान्तरणको मेरुदण्डको रुपमा रहनको लागि सवैले एक ढिक्का भई समृद्ध समाज निर्माण लाग्नको लागि प्रेरणाको श्रोत बन्नुर्नेमा जोड दिनुभयो ।

अध्यक्ष जोन्सोनले असाहय तथा वृद्धावस्थाका नागरीकलाई खाद्यान्न र फलफुलसमेत बितरण गर्नुभयो । कार्यक्रममा बाल संगठन उपाध्यक्ष सुबोध खतिवडा, संघका जिल्ला नेता माधव बस्नेत र राजेश तामाङ्ग लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्