एकीकृत समाजवादी व्यापारी जस्तो भयो, मेरो कुनै साइनो छैन: सांसद आले

काठमाडौँ, २१ असार । नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधि सभा सांसद प्रेम आलेले पार्टीसँग कुनै साइनो नरहेको बताएका छन् ।

पार्टीको दसौं महाधिवेशन बहिष्कार गरेको बताएका आलेले वडाध्यक्षसमेत नजित्ने मानिसहरू पदाधिकारी बनेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले जनताबाट निर्वाचित प्रतिनिधि भएकाले स्वतन्त्र हैसियतमा रहँदा पनि फरक नपर्ने बताए ।

‘म एमालेमै पोलिटब्युरो सदस्य भइसकेको हुँ, तीन पटक मन्त्री भइसकेको छु । त्यो एकीकृत समाजवादीमा वडा सदस्य जित्न नसक्ने मानिस पदाधिकारी छन् । त्यो पार्टी उँभो लाग्छ ? त्यही देखेर मैले बहिष्कार गरेको हुँ । पार्टी गठन गर्ने, व्यापार गर्ने काम भयो, म हिजो भारतबाट फर्किएँ । यो पार्टीसँग मेरो कुनै साइनो सम्बन्ध रहेन,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार भारत भ्रमणमा जाने भएका छन् । भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक

काठमाडौँ, २८ चैत । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको

काठमाडौँ, २८ चैत । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको

काठमाडौँ, २७ चैत । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएकाे निर्वाचनमा उनी