राज्यका निकायले जिम्मेवारी भुल्न हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा उतारचढाव भइरहे पनि सरकार र राज्यका निकायहरूले आफ्नो जिम्मेवारी भुल्न नहुने बताएका छन् । 

शुक्रबार सिंहदरबारमा सुरक्षा प्रमुखसँगको बैठकमा उनले विपद् व्यवस्थापनमा सरकारसँग पैसा भए पनि कार्यविधिको झन्झटले पैसा परिचालन गर्न नसकेको बताए । प्रधानमन्त्री प्रचण्डले पैसाको सहज परिचालन गर्न सकिने गरी कार्यविधि परिमार्जन गर्नुपर्ने धारणा राखेका छन् । 

“नेपाल यसै पनि विपद्का दृष्टिले उच्च जोखिमयुक्त देश हो । त्यसमाथि यस वर्ष मौसम आक्रामक हुने पूर्वानुमान छ । त्यसैले व्यवस्थित पूर्वतयारी गरौँ,” प्रधानमन्त्रीले भने, “विपद् व्यवस्थापनमा हामीसँग पैसा पनि छ । तर, कार्यविधिको झन्झटले पैसा परिचालन गर्न नसकेको कुरा बोध गर्दै यसलाई सहज परिचालन गर्न सकिने गरी परिमार्जन गरौँ । राज्यका सबै निकायहरूको सम्पूर्ण ध्यान पूर्वतयारी र जोखिम न्यूनीकरणमा केन्द्रित गरौँ ।”



प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । मकवानपुरको बकैया गाउँपालिका–५ झाँक्रीडाँडास्थित निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ

बागलुङ, २१ मंसिर । काठेखोला गाउँपालिका–५ माथिल्लो बिहुँमा खानेपानी समस्या बढ्दै गएको छ । पानीको मुहान सुक्दै गएपछि घोडाबाँधे, रिजालचोक,

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीमा १ हजार २ सयभन्दा बढी संख्यामा नयाँ भर्ना खुलेको छ । जनपद प्रहरी समूहतर्फ

रौतहट, २१ मंसिर । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ । मधेश प्रदेश सरकार