पोखरा विश्वविद्यालयका करार प्राध्यापक आन्दोलितः पदाधिकारी कार्यकक्षमा तालाबन्दी

कास्की, २१ असार । पोखरा विश्वविद्यालयमा कार्यरत करार प्राध्यापक तथा प्राविधिकहरुले उपकुलपतिसहितका पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकहरुको विषयमा हल्काफुल्का निर्णय गरेकाले आन्दोलनमा उत्रनुपरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । पोखरा विश्वविद्यालयको पछिल्लो सभाले करार सेवामा कार्यरत प्राध्यापकहरुको सेवा अवधि नथपि नयाँ विज्ञापनमा जाने निर्णयको विरुद्ध आन्दोलनमा उत्रिनु परेको उप प्राध्यापक निरज खड्काले बताउनु भयो ।

आन्दोलनको पहिलो चरण अन्तर्गत उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, डिन कार्यालय, सबै स्कूल निर्देशकहरुको कार्यालय, शिक्षण अस्पताल निर्देशक कार्यालय तथा स्कूल प्रशासन कार्यालय तालाबन्दीको गरिएको छ । साथै समस्याको समाधान नभए आइतबारबाट थप सशक्त आन्दोलनको घोषणा गरिने समेत आन्दोलनरत प्राध्यापकहरुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने