पोखरा विश्वविद्यालयका करार प्राध्यापक आन्दोलितः पदाधिकारी कार्यकक्षमा तालाबन्दी

कास्की, २१ असार । पोखरा विश्वविद्यालयमा कार्यरत करार प्राध्यापक तथा प्राविधिकहरुले उपकुलपतिसहितका पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकहरुको विषयमा हल्काफुल्का निर्णय गरेकाले आन्दोलनमा उत्रनुपरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । पोखरा विश्वविद्यालयको पछिल्लो सभाले करार सेवामा कार्यरत प्राध्यापकहरुको सेवा अवधि नथपि नयाँ विज्ञापनमा जाने निर्णयको विरुद्ध आन्दोलनमा उत्रिनु परेको उप प्राध्यापक निरज खड्काले बताउनु भयो ।

आन्दोलनको पहिलो चरण अन्तर्गत उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, डिन कार्यालय, सबै स्कूल निर्देशकहरुको कार्यालय, शिक्षण अस्पताल निर्देशक कार्यालय तथा स्कूल प्रशासन कार्यालय तालाबन्दीको गरिएको छ । साथै समस्याको समाधान नभए आइतबारबाट थप सशक्त आन्दोलनको घोषणा गरिने समेत आन्दोलनरत प्राध्यापकहरुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज ।  जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोक पाँचपोखरी थाङ्पाल गाँउपालिका–७ बस्ने

काठमाडौँ, ७ असाेज । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटको सामना