वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउँछौँ : मन्त्री अर्याल

काठमाडौँ, २१ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आजको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले मन्त्रालयले विदेश जाने श्रमिकहरू नठगिने र म्यानपावर व्यवसायीहरूले पनि वैध रूपमा मात्रै रकम लिन पाउने गरी अध्ययन भइरहेको र छिटै कार्यविधि बनाउने बताए ।

उनले भने, ‘नेपालबाट बिदेसिने तमाम नागरिकहरूको बारेमा हामीले सूक्ष्म तरिकाले अध्ययन गरेका छौँ । मेरो करिब १२४ दिन मन्त्रालयमा बस्दै गर्दा धेरै नै अध्ययन र निर्णय गर्ने तयारीमा फाइल पनि अघि बढेको छ’ ‘थोरै रकम तिरेर विदेश जाने वातावरण बनाउनुपर्छ भनेर यसलाई अत्यन्त राम्रो अध्ययन गरी सेवा शुल्कको बारेमा अध्ययन गरिरहेका छौँ । यसले सरकारलाई अर्बौं रुपैयाँ कर आउने र व्यवसायीहरूले पनि वैध रूपमा आम्दानी गर्ने एवं नेपाली नागरिकहरू नठगिने तयारी गरिएको छ । छिट्टै व्यवस्थित र मर्यादित हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन दिन लागेको विषय भ्रामक भएको

काठमाडौँ, ६ बैशाख । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन् ।

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ५ बैशाख । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन् । आज केसीले सामाजिक