सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, २१ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् ।

आज महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्ने बताए । 

उनले भने, ‘यो सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ । पार्टीहरू बिचको सम्बन्धलाई कायम राख्नुपर्छ । सबै राजनीतिक दलहरूले संसद्लाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्छ ।’

उनले पार्टीहरू बिचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताए । सबै राजनीतिक दलहरूले संसद्लाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउनका लागि मिलेर अघि बढ्नुपर्ने बताए । उनले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । बागलुङको निसीखोला गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  प्रहरीका अनुसार हिजो साँझ रुकुम

काठमाडौँ, ४ फागुन । आजदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य

काठमाडौँ, ४ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा

काठमाडौँ, ४ फागुन । आज २०८१ साल फागुन ४ गते आइतबारको राशिफल । मेष : दिन राम्रो छ। आम्दानीका क्षेत्रमा फाइदा