इजरायलतर्फ हिजबुल्लाहले गर्‍यो २०० रकेट प्रहार

काठमाडौँ, २१ असार । लेबनानी सशस्त्र समूह हिजबुल्लाहले उत्तरी इजरायलमा २०० रकेट र ड्रोन आक्रमण गरेको छ । हिजबुल्लाहका एक सिनियर कमान्डरको हत्याको विरोधमा आक्रमण गरेको जनाइएको छ ।

इजरायली सेनाले ब्यारेकमा एक अफिसरको मृत्यु भएको जनाएको छ । इजरायली सेनाले आफूले हिजबुल्लाहको सैन्य संरचना र दक्षिणी लेबनानमा आक्रमण लक्षित गरेको उल्लेख गरेको छ ।

इजरायलको ड्रोन आक्रमणमा होउला सहरमा एकजनाको मृत्यु भएको लेबनानी मिडियाले जनाएका छन् । इजरायली आक्रमणमा परी हिजबुल्लाहका कमान्डर मोहम्मद निमाह नासिरको लेबनानी सहर टायरमा मृत्यु भएको थियो । इजरायलका अनुसार, नासिर इजरायलतर्फ आतंककारी हमला गर्न सामेल थिए । बीबीसी


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति