उपसभामुख राना र चीनका विदेशमन्त्री यीबीच भेटवार्ता

काठमाडौँ, २१ असार । उपसभामुख इन्दिरा राना र चीनका विदेश मन्त्री वाङ यीबीच तिब्बतमा भेटवार्ता भएको छ ।

चीनका विदेशमन्त्री वाङ यी र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन तिब्बत पुग्नु भएकी उपसभामुख राना बिच बिहीबार तिब्बतमा भेटवार्ता भएको हो । 

भेटवार्ताका क्रममा उपसभामुख रानाले नेपाल सधैँ ‘एक चीन नीति’को बलियो समर्थक रहँदै आएको बताइन् । उनले भनिन्, “नेपाल चीनको घनिष्ठ मित्र, विकास साझेदार र असल छिमेकी हो । यसरी हामी चीनसँगको सम्बन्धलाई उच्च महत्त्व र प्राथमिकता दिन्छौँ।”, “नेपाल सधैँ ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको छ र भविष्यमा पनि यसमा प्रतिबद्ध रहनेछ । नेपाली भूमिको दुरुपयोग गरी चीनविरुद्धको कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढ छौँ ।”

भेटका क्रममा उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न गम्भीरताका साथ काम गरिरहेको चर्चा गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्ने प्रक्रिया संसदबाट छिट्टै पूरा हुनेमा आशावादी रहेको बताइन् । नेपालको ध्यान ध्यान समृद्धिको लागि दिगो, समावेशी र उच्च आर्थिक वृद्धि ल्याउनेतर्फ केन्द्रित रहेको भनाई उनको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको