प्रधानमन्त्री दाहालको दाउपेचमा रास्वपाको साथ

काठमाडौँ, २१ असार । बहुमत गुमाइसकेको र वैकल्पिक गठबन्धनको मार्गचित्र प्रस्ट भइसकेको अवस्थामा समेत प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने अडान लिएका छन् ।

सरकारको मुख्य साझेदार एमाले सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिइसकेको छ भनेलगत्तै सरकार छाड्ने उद्घोष गरेको अर्को सत्ता घटक रास्वपाका मन्त्रीहरू बालुवाटार पुगेपछि आफ्नै निर्णयबाट पछि हटेका छन् ।

प्रधानमन्त्रीलाई राजीनामा बुझाउन रास्वपा अध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पार्टीका दुई उपसभापति र संसदीय दलका प्रमुख सचेतकलाई लिएर बिहीबार बिहान बालुवाटार पुगेका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीसँग भएको छलफलपछि लामिछाने तत्काल सरकार नछाड्ने निचोडमा पुगेका हुन् । प्रधानमन्त्रीले एकीकृत समाजवादीलगायत सरकारमा सहभागी अन्य दललाई समेत विश्वासको मत लिने बेलासम्म समर्थन फिर्ता नलिन आग्रह गरिरहेका छन् । यो समाचार आजको कान्तिपुरमा छापिएको छ  ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । सरकारले ५६ जिल्लामा भूमि आयोगको गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने