झलनाथ खनालप्रति रामकुमारी झाँक्रीको असन्तुष्टि

काठमाडौँ, २० असार । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालप्रति नेतृ रामकुमारी झाँक्रीले असन्तुष्टि जनाएकी छिन् । 

बिहीबार एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनले माधव नेपाललाई अध्यक्ष, खनाललाई सम्मानित नेता र धनश्याम भुसाललाई महासचिवमा सर्वसम्मत चयन गरेको थियो । एकीकृत समाजवादीले बाँकी १८ पदाधिकारी र केन्द्रीय सदस्यको शुक्रबार घोषणा गर्ने छ । तर सम्मानित नेता खनालले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सबै सर्वसम्मत भएको भन्दै महाधिवेशन प्रतिनिधिहरूलाई घर पठाएको नेतृ झाँक्रीले उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘अध्यक्ष र महासचिवको सर्वसम्मत गर्न म समेतको प्रयास सफल भएको हो । तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्म गर्यौ/भयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो ? को पदाधिकारी ? को सदस्य खै त खनाल कमरेड ?’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

हुम्ला, २१ सोज । गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा

सल्यान, २१ असोज । सल्यानको छत्रेश्वरी गाउँपालिका २ दयाधुरी जंगलमा विद्यालय जाने क्रममा बाटोमा लडेर १४ वर्षीया बालिकाको मृत्यु भएको