एमालेले एसईई पूरक परीक्षाको लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गर्ने

काठमाडौँ, २० असार । नेकपा एमालेले एसईई पूरक परीक्षाको लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गर्ने भएको छ ।

अनेरास्ववियुले एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एसईईको पूरक परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गरिने बताए । उनले परीक्षामा फेल हुनु विद्यार्थीको मात्रै कमजोरी नभएको भन्दै उनले शिक्षकहरू गुणस्तरका नहुँदा धेरै विद्यार्थी एसईई परीक्षामा फेल भएको बताए । 

अध्यक्ष ओलीले विज्ञ शिक्षकहरूबाट मुख्य–मुख्य विषयहरूको निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिने बताए । उनले अनलाइन कक्षा लिनको लागि केपी शर्मा ओलीको फेसबुक पेजमा जोडिनुपर्ने बताए । उनले धेरै विद्यार्थीहरू अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा फेल भएको भन्दै  ती विषयको अनलाइनबाट दक्ष प्रशिक्षकले अध्यापन गराउने बताए ।   

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सरकारले अबदेखि राजनीतिक आडमा नभइ योग्यताको आधारमा मात्रै शिक्षकको नियुक्ति हुने घोषणा गरेको छ । आज

काठमाडौँ, २८ बैशाख । सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय

काठमाडौँ, २८ बैशाख । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । आज संघीय संसद्को संयुक्त बैठकमा आगामी

काठमाडौँ, २८ बैशाख । आज नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगी बन्द भएको छ ।