रास्वपा पार्टी होइन, ‘एनजीओ’ बन्यो : मुकुल ढकाल

काठमाडौँ, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले रास्वपा पार्टी नभएर गैरसरकारी संस्था (एनजीओ)जस्तो बनेको निष्कर्ष निकालेका छन् ।

बिहीबार रास्वपाले सार्वजनिक गरेको ढकालको प्रतिवेदनमा पार्टीमा राजनीतिक संस्कार र बुझाइमा अत्यन्त कमी देखिएको उल्लेख छ ।

“राजनीतिक पार्टीको मूल विचार एउटै हुनपर्छ र मूल विचारको बाटोमा हिँड्दा, कता कहीँ जानेमा द्विविधा भएमा छलफल अनुसार निर्णय गर्नुपर्नेमा, एउटा एनजीओ जसरी चल्न खोज्दा त्यसले पार्टीका कदमहरू राजनीतिक देखिन सकेन,” उनले प्रतिवेदनमा लेखेका छन् । 

पार्टी सोही कारण तथटस्थवाद, यथास्थितिवाद र तदर्थवादमा फसेको प्रतिवेदनमा उल्लेख छ । “राजनीतिक रणनीतिको कमी देखियो । सामान्यभन्दा सामान्य कुरामा कार्यविधि खोज्ने, नेता र कर्मचारीको फरक छुट्याउन नसक्नु, विचारभन्दा मत संख्या प्रधान हुनु आदि एनजीओको प्रारूपमा आएका रोग हुन्,” उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ मंसिर । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम

काठमाडौँ, १८ मंसिर । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा ऐभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने भएको छ ।  आज

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने