काठमाडौँ, २० असार । दक्षिण भारतीय सुपरस्टार प्रभासको बहुप्रतिक्षित चलचित्र ‘सालार २’ को छायाङ्कन सुरु हुँदैछ ।
फ्यानहरू लामो समयदेखि यो फिल्मको प्रतीक्षामा छन् । कल्कीमा आफ्नो दमदार भूमिकाका कारण प्रभास लगातार चर्चामा छन् । फिल्मलाई फ्यानहरूले माया गरिरहेका छन् ।
७ दिनमा ६०० करोड भारुभन्दा बढीको व्यापार गरेर फिल्मले कैयौँ रेकर्ड पनि तोडिसकेको छ । अब छिटै प्रभासले ‘सलार २’ को छायाङ्कन सुरु गर्दैछन् । पिंकभिल्लामा छापिएको एक समाचारका अनुसार सालार २ को सुटिङ अगस्ट १० देखि सुरु हुँदैछ ।