एकीकृत समाजवादी अध्यक्षमा नेपाल र भुसाल भिड्दै

काठमाडौँ, २० असार । नेकपा एकीकृत समाजवादीको नेतृत्वका लागि अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले आफ्नो दाबी कायमै राखेका छन् ।

सहमति नभए अध्यक्षका लागि यी दुई नेताबीच प्रतिस्पर्धा हुनेछ । आफ्नो नाममा सर्वसम्मत गराउने प्रयास जारी राखेका नेपालले पार्टी नेतृत्वका लागि ‘युवाको साथमा अनुभवी नेतृत्व’ नारा अघि सारेका छन् । एमालेबाट विद्रोह गरी पार्टी बनाउन आफ्नो भूमिका महत्त्वपूर्ण भएको दाबी गर्दै उनी पुनः अध्यक्षमा दोहोरिन चाहेका हुन् । 

महासचिव भुसालले भने पार्टी रूपान्तरणका लागि नेतृत्व हस्तान्तरणमा जोड दिएका छन् । उनले ‘यथास्थितिलाई अन्त्य गरौं, नौलो इतिहास कायम गरौं’ सन्देशसहित प्रतिनिधिसँग छलफल गरिरहेका छन् ।

नेपाल र भुसालले अध्यक्षका लागि दाबी गरिरहँदा अन्य नेताहरूको जोड भने नेतृत्व सर्वसम्मत गर्नेमा छ । महाधिवेशनमा सहभागी १ हजार ८ सय प्रतिनिधिबाट छानिएका अधिकांश टोली नेताले विद्रोहपछि पहिलो पटक भएको पार्टी महाधिवेशनमा अध्यक्ष नेपाल र महासचिव भुसालबीच सहमति गरी नेतृत्व चयन गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन दिन लागेको विषय भ्रामक भएको

काठमाडौँ, ६ बैशाख । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन् ।

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ५ बैशाख । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन् । आज केसीले सामाजिक