प्रधानमन्त्रीलाई राजीनामा दिने वा विश्वासको मत लिने दुवै सुविधा छ : महामन्त्री शर्मा

काठमाडौँ, १९ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने वा विश्वासको मत लिन सक्ने अवस्था रहेको बताएका छन् ।

आज पार्टी बैठकमा सहभागी हुने क्रममा पत्रकारहरूसँग कुरा गर्दै शर्माले साँझसम्म एमालेले सरलाई दिएको समर्थन फिर्ता लिने बताए । 

उनले भने, ‘एमालेको समर्थन फिर्तापछि प्रधानमन्त्रीलाई दुई वटा विकल्प छ । एउटा छोडेर निकास दिने विकल्प छ । समर्थन फिर्ता लिँदैमा छोड्नै पर्छ भनेर संविधानले भनेको छैन । सरकारमा रहेको दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिन पनि पाउनुहुन्छ । उहाँले जुन विकल्प रोज्दा पनि नयाँ कोर्समा राजनीति बढ्दैछ । यसमा चुनौती पनि छ, यसमा एकताबद्ध भएर हामी सामना गर्नेछौँ ।’ 

उनले संविधान सशोधनको कुरा आए पनि संशोधन गर्न चुनौती रहेको बताए । कांग्रेस र एमालेको अङ्कले मात्र नपुग्ने र दुई तिहाइ १८१ सिटका लागि अरू दललाई पनि सहमतिमा ल्याउनुपर्ने चुनौती रहेको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कोल्हवी

काठमाडौँ, २८ असोज । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो

ताप्लेजुङ, २८ असोज । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक

कञ्चनपुर, २८ असोज । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् भने बिचमै विद्यालय