शैक्षिक गुन्डागर्दी र राजनीति हटाएरै छाड्छु : सुमना श्रेष्ठ

काठमाडौँ, १७ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रहरीको सहयोग लिएर भए पनि शैक्षिक क्षेत्रको गुन्डागर्दी हटाएरै छाड्ने बताएकी छन् ।

आज प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उनले आफू शिक्षामन्त्री रहुन्जेल यो क्षेत्रमा दलीय राजनीति हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

उनले भनिन्, “जबसम्म म शिक्षामन्त्री छु, प्रहरी प्रयोग गर्छु, गुन्डागर्दी सहिन्नँ । दलीय राजनीति हटाएरै छोड्छु,” । मन्त्री श्रेष्ठले राजनीतिक दलको भातृसंस्थाले तालाबन्दी गर्ने अनि उत्तरपुस्तिका समयमा ‘चेक’ किन भएन भनेर प्रश्न गर्नु उचित नहुने बताइन् ।

“शिक्षा क्षेत्रलाई जोन अफ पिस बनाऊँ । आफनो निर्वाचन क्षेत्रमा टिचर गएको छ/छैन हेरौँ र छैन भने फोन गरेर जानकारी दिनुस् । कारबाही त गर्नुपर्‍यो नि,” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ