शैक्षिक गुन्डागर्दी र राजनीति हटाएरै छाड्छु : सुमना श्रेष्ठ

काठमाडौँ, १७ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रहरीको सहयोग लिएर भए पनि शैक्षिक क्षेत्रको गुन्डागर्दी हटाएरै छाड्ने बताएकी छन् ।

आज प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उनले आफू शिक्षामन्त्री रहुन्जेल यो क्षेत्रमा दलीय राजनीति हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

उनले भनिन्, “जबसम्म म शिक्षामन्त्री छु, प्रहरी प्रयोग गर्छु, गुन्डागर्दी सहिन्नँ । दलीय राजनीति हटाएरै छोड्छु,” । मन्त्री श्रेष्ठले राजनीतिक दलको भातृसंस्थाले तालाबन्दी गर्ने अनि उत्तरपुस्तिका समयमा ‘चेक’ किन भएन भनेर प्रश्न गर्नु उचित नहुने बताइन् ।

“शिक्षा क्षेत्रलाई जोन अफ पिस बनाऊँ । आफनो निर्वाचन क्षेत्रमा टिचर गएको छ/छैन हेरौँ र छैन भने फोन गरेर जानकारी दिनुस् । कारबाही त गर्नुपर्‍यो नि,” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार