गण्डकीका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाद्वारा शपथ ग्रहण

काठमाडौँ, १६ असार । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष सपथ लिएका हुन् ।

यसअघि गएको जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको भोलिपल्टै मन्त्री बनेका देवकोटालाई नेकपा माओवादी केन्द्रले आफ्नो ह्विप नमानेको भन्दै कारवाही गरेको थियो ।

सर्वोच्च अदालतले देवकोटा माओवादी केन्द्रको सदस्य नरहेका कारण उसले कारवाही गर्न नमिल्ने फैसला गरेपछि पुनः मन्त्री पदको सपथ लिएको हो । देवकोटाले पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ । आगामी आर्थिक

काठमाडौँ, २८ बैशाख । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज आजदेखि लागु हुने गरी अन्डाको

काठमाडौँ, २८ बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन

काठमाडौँ, २८ बैशाख । आज सुनको मूल्य घटेको चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन