गण्डकीका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाद्वारा शपथ ग्रहण

काठमाडौँ, १६ असार । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष सपथ लिएका हुन् ।

यसअघि गएको जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको भोलिपल्टै मन्त्री बनेका देवकोटालाई नेकपा माओवादी केन्द्रले आफ्नो ह्विप नमानेको भन्दै कारवाही गरेको थियो ।

सर्वोच्च अदालतले देवकोटा माओवादी केन्द्रको सदस्य नरहेका कारण उसले कारवाही गर्न नमिल्ने फैसला गरेपछि पुनः मन्त्री पदको सपथ लिएको हो । देवकोटाले पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने