शिक्षा मन्त्रालयद्वारा शैक्षिक प्रतिष्ठानका कामको विवरण सङ्कलन प्रारम्भ

काठमाडौँ, १६ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायत गैरसरकारी संस्था र तिनका कामबारे विवरण सङ्कलन प्रारम्भ गरेको छ ।

मन्त्रालयले ती विवरण १५ दिनभित्र उपलब्ध गराउन सार्वजनिक आग्रह गरेको छ । शिक्षा क्षेत्रमा हाल के–कति राष्ट्रिय र गैरसरकारी कार्यरत छन् र तिनले के गरिरहेका छन् भन्नेबारे सरकारसँग व्यवस्थित सूचना प्रणाली नरहेको स्थितिमा शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा विवरण सङ्कलन थालिएको मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

यसरी विवरण सङ्कलन भएपछि शिक्षा प्रणालीका लागि स्रोत परिचालनमा रहेका समस्या पहिचान र समाधानका उपाय पहिल्याइने  सचिवालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर