ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट रोहित शर्माले लिए सन्यास

काठमाडौँ, १६ असार । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले पनि अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

शनिबार आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेपछि रोहितले सन्यासको घोषणा गरेका हुन् । यसअघि भारतीय टिमका ओपनर विराट कोहलीले पनि अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

“यो मेरो पनि अन्तिम ट्वान्टी–२० खेल थियो । यो संरचनालाई छोड्ने योभन्दा राम्रो समय अरु हुन सक्दैन । मैले यही संरचनाबाट भारतीय क्रिकेट टिममा सुरुआत गरेको थियो । यो मेरो चाहना थियो, म उपाधि जित्न चाहन्थे,” खेलपछि रोहितले भने ।

शनिबार भएको विश्वकप फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध सात रनको जित निकाल्दै भारतले १७ वर्षपछि विश्वपको उपाधि जितेको थियो । भारतले यसअघि सन् २००७ मा पहिलोपटक ट्वान्टी–२० विश्वकपको उपाधि जितेको थियो ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः