विज्ञान र गणित विषयका शिक्षकलाई विशेष व्यवस्था गर्न माग

काठमाडौँ, १४ असार । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै चौधरीले संसद्‌मार्फत सरकारलाई यस्तो ध्यानाकर्षण गराएका हुन् । 

उनले २०८० सालको एसईई नतिजा सार्वजनिक हुँदा ४८ प्रतिशत एसईई पास भए पनि बढी सङ्ख्या अर्थात ५२ प्रतिशत फेल भएर एनजी आएको बताए ।  उनले भने, ‘जब एक कक्षामा विद्यार्थी भर्ना हुँदा ११,१२ लाख हुन्छन् र, एसएलसीसम्म पुग्दा ५ लाख मात्र रहन्छन् । यसरी हेर्दा ७ लाख विद्यार्थी बाटैमा हराएको हुन्छ त्यसको कुनै लेखाजोखा हुँदैन’, चौधरीले भने, ‘अहिले ५२ प्रतिशत विद्यार्थीको एनजी आएको अवस्थामा एक लाख ७७ हजार विद्यार्थी गणित विषयमा मात्र फेल भएका छन् ।’

उनले नेपालका धेरैजसो स्कुलले गणित र विज्ञान शिक्षक नै पाउन छोडेको भन्दै शिक्षाको सुधार नै गर्ने हो भने ती विषयका शिक्षकहरूलाई सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताए । 

‘नेपालका धेरैजसो स्कुलले गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक नै पाउन छोडेका छन् । साँच्चै शिक्षा सुधार गर्ने हो भने गणित, अङ्ग्रेजी र विज्ञान शिक्षकलाई विशेष व्यवस्था गर्न म जोडदार माग गर्दछु’, उनले भने, ‘बागमती प्रदेशमा ३३ प्रतिशतको एनजी आएको छ भने लुम्बिनीमा ६१, मधेसमा ६०, गण्डकीमा ५०, कोशीमा ५२, कर्णालीमा ५८ र सुदूरपश्चिममा ६८ प्रतिशत विद्यार्थीको एनजी आएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर