काठमाडौँ, १३ असार । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाइएको छ ।
उनलाई मर्यादा पालकले प्रदेशसभा बैठकमा भाग लिन जान नदिई बाहिरै रोकेका छन् । ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले देवकोटालाई सांसद पदबाट हटाएपछि देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उनको रिटउपर सुनुवाइ गर्दै सर्वोच्चले सोमबार गण्डकी प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । प्रदेशसभा सदस्य देवकोटाका अनुसार बुधबार सर्वोच्च अदालतको आदेश गण्डकी प्रदेशसभा सचिचवालयमा दर्ता भइसकेको छ ।