राप्रपाले बोलायो जिल्ला अध्यक्षहरूको भेला

काठमाडौँ, १३ असार । राप्रपाले जिल्ला अध्यक्षहरूको भेला बोलाएको छ ।

पार्टीको समग्र सांगठनिक अवस्थाको समीक्षा, पार्टी निर्माणका चुनौती र सम्भावना पहिचान गरी आवश्यक रणनीति तय गर्न जिल्ला अध्यक्षहरूको भेला आह्वान गरिएको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

साथै निकट भविष्यमा हुने निर्वाचनहरूको तयारी थाल्न देशभरका जिल्ला अध्यक्षहरुको भेला आगामी साउन १७ र १८ गते काठमाडौँमा हुने गरी बोलाइएको उनले जानकारी दिए । 

भेलामा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, पार्टीले लिएका रणनीति, भावी कार्ययोजनाका सम्बन्धमा जिल्ला अध्यक्षहरूलाई ‘ब्रिफिङ’ गर्ने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । बैतडीको सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा बालबालिका प्रभावित भएका छन् ।  

काठमाडौँ, ३ असार । बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित अरनिको राजमार्ग भएको छ । सडक विभागले आज  बिहान ८

पाल्पा, ३ असार । पाल्पाको पूर्वखोला गाउँपालिका–५, वीरकोट सेफतमा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका थप एकजनाको सनाखत भएको

काठमाडौँ, ३ असार ।औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न गठित समितिले श्रमिकको पारिश्रमिक पुनरवलोकन गर्ने गरी तयारी थालेको