सांसदहरूद्वारा बाढी, पहिरो र चट्याङबाट प्रभावित परिवारलाई राहत दिन माग

काठमाडौँ, १३ असार । सांसदहरूले बाढी, पहिरो र चट्याङलगायत प्राकृतिक विपद्‌बाट मृत्यु भएकाहरूका परिवार र घाइतेलाई राहत दिन माग गरेका छन् ।

आज प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्राकृतिक विपद्‌बाट प्रभावित भएकाहरूलाई ध्यान नदिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन् । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले चट्याङको अर्लट नहुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गरिन् ।

नेकपा एमालेका सांसद मानवीर राईले देशभर बाढी र पहिरो गइरहेको भन्दै ख्याल गर्न सरकारलाई आग्रह गरे । विराटनगर जलमग्न भएको भन्दै नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले तत्काल उद्धारका लागि आग्रह गरे ।

कांगेस सांसद रामहरि खतिवडाले प्राकृतिक विपद्‌बाट धेरै जनधनको क्षति भएको बताए । खानेपानी, विद्युत् लगायतमा असर परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असाेज । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ

बैतडी, २९ असोज । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरुलाई अबको एक महिनाभित्रै संचालनमा ल्याउने

सिरहा, २९ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक

काठमाडौँ, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा