केन्याको सरकारले विवादित विधेयक फिर्ता लिने

एजेन्सी, १३ असार । केन्यामा केही दिनदेखिको विरोध प्रदर्शनपछि सरकार अन्ततः झुकेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद वित्त विधेयक फिर्ता लिने बताएका छन्, जसमा कर वृद्धिको प्रावधान थियो।

केन्यामा भएको हिंसात्मक प्रदर्शनपछि राष्ट्रपति रुटोले यो निर्णय लिएका हुन् । केन्याका जनतालाई सम्बोधन गर्दै रुटोले केन्याका जनताले यो विधेयक नचाहेको स्पष्ट भएको बताए । विधेयकमा हस्ताक्षर नगर्ने विषयमा रुटोले भने, ‘म हार स्वीकार गर्छु ।’ केन्यामा सरकारको नयाँ वित्तीय विधेयकलाई लिएर विवाद भएको थियो । धेरै दिनसम्म विरोध प्रदर्शनहरू भएका थिए । संसद्‍बाट पारित हुनेबित्तिकै आन्दोलनले हिंसात्मक रूप लियो।

गत मंगलबारको हिंसात्मक प्रदर्शनमा २२ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रपति रुटोले अब सन् २०२२ यताकै सबैभन्दा ठुलो प्रदर्शनको नेतृत्व गर्ने देशका युवासँग कुरा गर्ने बताएका छन् । विधेयक पारित भएपछि आन्दोलनले हिंसात्मक रूप लियो र आन्दोलनकारी संसद्‍मा प्रवेश गरी आगजनी समेत गरेका थिए । सुरुमा राष्ट्रपति रुटोले यी विरोध प्रदर्शनलाई कडाइका साथ सामना गरिरहेको देखिन्थ्यो । 

आन्दोलनकारीलाई रोक्न सेनासमेत परिचालन गरिएको थियो । तर, जनताको चर्को विरोधलाई ध्यानमा राख्दै राष्ट्रपतिले विधेयक फिर्ता लिने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरू कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रूपमा रहेको बताएका

काठमाडौँ, २२ असोज । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषबाट लाभांश घोषणा

काठमाडौँ, २२ असोज । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय

काठमाडौँ, २२ असोज । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता