दक्षिण अफ्रिकासँग अफगानिस्तान ५६ रनमा अल आउट

काठमाडौँ, १३ असार । अफगानिस्तानले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई आफ्नो इतिहासमै पहिलो पटक फाइनलमा पुग्न मात्रै ५७ रनको सामान्य लक्ष्य दिएको छ ।

बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमा अल आउट भयो । पहिलो पटक सेमिफाइनल खेलेको अफगानिस्तान दक्षिण अफ्रिका तीव्र गतिको बलिङ आक्रामणसामू निरिह बन्यो । अफगानिस्तानका आजमतुल्लाह ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । गुलबदीन नैबले ९, राशिद खान र करिम जन्नतले ८-८ रन बनाए ।

दक्षिण अफ्रिकालाई तीव्र गतिका बलर मार्को यानसन र कागिसो रबाडाले सानदार सुरुवात दिलाएका थिए । यानसनको पहिलो ओभरको अन्तिम बलमा एज लागेर यस विश्वकपमा सर्वाधिक बनाउने रहमानउल्लाह गुरबाज फस्टस्लिपमा शून्यमा रिजा हेन्ड्रिक्सबाट क्याच आउट भए । अफगानिस्तान यस विश्वकपमा ओपनर गुरबाज र जद्रानको ब्याटिङमा निर्भर थियो । गुरबाज आउट भएपछि अफगानिस्तान सम्माल्लिन सकेन ।

यानसनले तेस्रो ओभरको तेस्रो बलमा गुलबदीन नैबलाई ९ रनमा बोल्ड आउट गरे । चौथो ओभरको पहिलो बलमा इब्राहिम जद्रानलाई २ र चौथो बलमा मोहम्मद नाबीलाई शून्यमा बाल्ड गरेपछि अफगानिस्तान ३.४ ओभरमा २०/४ को अवस्थामा पुगेको थियो । अफगानिस्तान यतिकैमा रोकिएन । यानसनले खरोतीलाई लेग साइडको बलमा एज लगाउँदै विकेटकिपर क्विन्टन डि ककबाट २ रनमा क्याच आउट गराए । एनरिच नोर्कियालाई ठूलो सट खेल्ने धुनमा आजमतुल्लाह ओमरजाई १० रनमा स्टब्सबाट क्याच आउट हुँदा अफगानिस्तान ६.३ ओभरमा २८-६ को अवस्थामा पुगेको थियो ।

त्यसपछि तबरेज शाम्सीले १० औं ओभरमा करिम जन्नतलाई ८ र नुर अहमदलाई शून्यमा एलबीडब्लू आउट गर्दै अफगानिस्तानलाई ९.५ ओभरमा ५०-८ को अवस्थामा पुर्याएका थिए । दक्षिण अफ्रिकाका मार्को यानसनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाले ३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । तबरेज शाम्सीले १.५ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । काठमाडौँको टोखामा रहेको एक डेराबाट २ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, ४ बैशाख । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण हुने महिलाहरूको अकाल मृत्यु रोक्न आफूले

काठमाडौँ, ४ बैशाख । रोल्पामा लडेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका-६ सानो भुर्ती बस्ने बालाराम

काठमाडौँ, ४ बैशाख । अर्थ मन्त्रालयमा बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको अन्तर सरकारी वित्त परिषद्को बैठकले दोहोरो कर हटाउने निर्णय