काठमाडौँ, १२ असार । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा काठमाडौँमा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ ।
गृह मन्त्रालयअन्तर्गत लागु औषध नियन्त्रण शाखा मूल आयोजक समितिले आज बिहान काठमाडौँमा प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको हो ।
विशेष गरेर बढ्दो लागु औषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वास्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक वर्षको जुन २६ मा यो दिवस मनाउने गरिन्छ ।