काठमाडौँ, ११ असार । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो । सरकारले गत जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरेको थियो ।