अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ, ११ असार । कप्तान रासिद खानको कीर्तिमानी बलिङको मद्दतले बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुपर ८ को समूह १ अन्तरगतको खेलमा अफगानिस्तान डीएलएस मेथडका आधारमा ८ रनले विजयी बनेको हो । १९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको बंगलादेशले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सक्यो । 

अफगानिस्तानको जितसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने

काठमाडौँ, ७ बैशाख । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण

काठमाडौँ, ७ बैशाख । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्