विद्युत् उत्पादन ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य

काठमाडौँ, ११ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य राखिएको बताएका छन् ।

प्रतिनिधिसभामा सांसदहरूले मन्त्रालयका आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै सोमबार मन्त्री बस्नेतले आगामी १२ वर्षमा विद्युत् उत्पादन क्षमता २८ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य राखिएको पनि जनाए । उत्पादन, प्रसारण, निर्माण, वितरण प्रणालीमा सुधार र विस्तार, आन्तरिक खपत वृद्धि, बचत विद्युत् निर्यात व्यापारको एकीकृत रोडम्याप र कार्ययोजना नै हाम्रो ऊर्जा विकासको मार्गचित्र र कार्ययोजना रहेको मन्त्री बस्नेतले बताए ।

उनले भने, ‘सरकारले आगामी आर्थिक वर्षमा कुल विद्युत् उत्पादन ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ  । आगामी १२ वर्षमा कुल विद्युत् उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्‍याउने र त्यसअनुसारको प्रसारण र वितरण प्रणालीको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८० कार्यान्वयनमा लगिएको छ । त्यसका लागि आवश्यक थप संस्थागत र अन्य नीतिगत तथा कानूनी सुधारबारे पनि कार्ययोजना समावेश गरिएको छ । त्यसअनुसार १० मेगावाटसम्मका आयोजनाले पीपीए गर्दा प्रक्रियामा रहनु नपर्ने र सीधै पीपीए गर्न सक्नेलगायत विषय छन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्