विद्युत् उत्पादन ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य

काठमाडौँ, ११ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य राखिएको बताएका छन् ।

प्रतिनिधिसभामा सांसदहरूले मन्त्रालयका आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै सोमबार मन्त्री बस्नेतले आगामी १२ वर्षमा विद्युत् उत्पादन क्षमता २८ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य राखिएको पनि जनाए । उत्पादन, प्रसारण, निर्माण, वितरण प्रणालीमा सुधार र विस्तार, आन्तरिक खपत वृद्धि, बचत विद्युत् निर्यात व्यापारको एकीकृत रोडम्याप र कार्ययोजना नै हाम्रो ऊर्जा विकासको मार्गचित्र र कार्ययोजना रहेको मन्त्री बस्नेतले बताए ।

उनले भने, ‘सरकारले आगामी आर्थिक वर्षमा कुल विद्युत् उत्पादन ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ  । आगामी १२ वर्षमा कुल विद्युत् उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्‍याउने र त्यसअनुसारको प्रसारण र वितरण प्रणालीको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८० कार्यान्वयनमा लगिएको छ । त्यसका लागि आवश्यक थप संस्थागत र अन्य नीतिगत तथा कानूनी सुधारबारे पनि कार्ययोजना समावेश गरिएको छ । त्यसअनुसार १० मेगावाटसम्मका आयोजनाले पीपीए गर्दा प्रक्रियामा रहनु नपर्ने र सीधै पीपीए गर्न सक्नेलगायत विषय छन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।