परराष्ट्रमन्त्री श्रेष्ठ र इरानका कार्यवहाक विदेशमन्त्री बगेरीबीच भेटवार्ता 

काठमाडौँ, १० असार । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र इरानका कार्यवहाक विदेशमन्त्री डा. अली बगेरीबीच भेटवार्ता भएको छ ।

इरानको राजधानी तेहरानमा एसिया सहयोग संवाद (एसीडी)को साइड लाइनमा उनीहरूबीच आइतबार साँझ भेटवार्ता भएको हो । भेटमा नेपाल–इरान सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठले स्थानीय समयअनुसार सोमबार बिहान इरानका कार्यवाहक विदेशमन्त्री बगेरीको अध्यक्षतामा तेहरानमा आयोजना भएको एसीडीको १९औँ मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले क्षेत्रीय सहयोग र बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याएका थिए । उनले एसीडी भिजन २०३० लाई कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूले एक महिनादेखि विभिन्न माग राखेर गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बस्नका लागिमात्रै सरकार नबनेको बताएका छन् । आज काठमाडौँमा भएको एक

काठमाडौँ, १५ बैशाख । नेकपा (एमाले)का सांसद सूर्य थापाले शिक्षामन्त्री रघुजी पन्तलाई शिक्षा विधेयकबारे संसद्‌बाट जानकारी गराउन माग गरेका छन् ।

काठमाडौँ, १५ वैशाख । लगानी बोर्डले रणनीतिक कार्ययोजना स्वीकृत गरेको छ । बोर्ड कार्यालयको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली नियुक्त भएपछि