परराष्ट्रमन्त्री श्रेष्ठ र इरानका कार्यवहाक विदेशमन्त्री बगेरीबीच भेटवार्ता 

काठमाडौँ, १० असार । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र इरानका कार्यवहाक विदेशमन्त्री डा. अली बगेरीबीच भेटवार्ता भएको छ ।

इरानको राजधानी तेहरानमा एसिया सहयोग संवाद (एसीडी)को साइड लाइनमा उनीहरूबीच आइतबार साँझ भेटवार्ता भएको हो । भेटमा नेपाल–इरान सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठले स्थानीय समयअनुसार सोमबार बिहान इरानका कार्यवाहक विदेशमन्त्री बगेरीको अध्यक्षतामा तेहरानमा आयोजना भएको एसीडीको १९औँ मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले क्षेत्रीय सहयोग र बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याएका थिए । उनले एसीडी भिजन २०३० लाई कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा