क्रिमियामा युक्रेनको क्षेप्यास्त्र आक्रमण

एजेन्सी, १० असार । रुसको कब्जामा रहेको क्रिमियामा युक्रेनको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै १२० जना घाइते भएपछि रुसले बदला लिने बताएको छ । 

क्राइमियामा रुसले स्थापना गरेको स्थानीय प्रशासनले मृतकमध्ये तीन बालबालिका पनि रहेको जनाएको हो । अधिकारीहरूका अनुसार अमेरिकी निर्मित लामो दुरीका एटीएसीएमएस मिसाइलका टुक्राहरू सेभास्टोपोल बन्दरगाहको उत्तरी तटमा खसेकाले हताहत भएको छ। रुसी टिभीमा प्रसारित रिपोर्टहरूमा मानिसहरू समुद्र तटमा दौडिरहेको देखिन्छ। 

यस हमलामा कयौँ व्यक्ति गम्भीर घाइते भएका छन् । अमेरिकाले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिएको कारण यो आक्रमणको जिम्मेवार अमेरिका रहेको रुसको रक्षा मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज

काठमाडौँ, २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको आज लोकार्पण गर्नुभएको छ

काठमाडौँ, २२ असोज । निर्वाचन आयोगले आर्थिक वर्ष २०८०–०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ । आज

सिन्धुली, २२ असोज । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन संघीय सरकारका तीन मन्त्री यहाँ आइपुगेका छन् ।