परिसूचक नेप्से ५.३७ अंकले घट्यो

काठमाडौँ, ९ असार । आज सेयर बजारको परिसूचक नेप्से ५.३७ अंक घटेको छ ।

सो अंकको कमीपछि नेप्से २०६२ अंकमा कायम भएको छ । कुल ४ अर्ब ३७ करोड रुपैयाँको कारोबार भयो । ७८ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने ५ को स्थिर रह्यो ।

समग्र बजार घट्दा पनि फाइनान्सले भने ५.४९ प्रतिशत (१२८ अंक)को छलाङ मारेको छ । फाइनान्स समूहको सूचक गत बिहीबार नै १६ महिनायताकै उच्चतम विन्दुमा पुगेको हो । त्यस्तै अन्य समूह ४ र ब्यापार समूह १९ अंक बढे । अरु सबै समूहका सूचक घटे । बैंकिङ ४, विकास बैंक ४, होटल तथा पर्यटन ५८, हाइड्रोपावर १, जीवन बीमा ५४, उत्पादन २९, माइक्रोफाइनान्स ५६, निर्जीवन बीमा १३ अंक घटे ।

रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त, मैलुङखोला जलविद्युत् तथा नेपाल फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । बुद्धभूमि हाइड्रोको ८.१, मन्दाकिनी हाइड्रोपावरको ८ तथा पोखरा फाइनान्सको मूल्य ६.९ प्रतिशत बढ्यो । ग्लोबल आईएमई लघुवित्तको ६.५, उपकार लघुवित्तको ५.१ तथा बाराही हाइड्रोको मूल्य ४.४ प्रतिशत घट्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असाेज । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ

बैतडी, २९ असोज । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरुलाई अबको एक महिनाभित्रै संचालनमा ल्याउने

सिरहा, २९ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक

काठमाडौँ, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा