इटालीको क्याप्रीमा पर्यटक आगमानमा रोक

एजेन्सी, ९ असार । पानी आपूर्तिमा समस्या आएपछि इटालियन टापु क्याप्रीले पर्यटकलाई आगमनमा रोक लगाएको छ ।

क्याप्रीका मेयर पाओलो फाल्कोले लगाएको प्रतिबन्धले दक्षिणी इटालीको नेपल्स र सोरेन्टोबाट टापुमा जाने धेरै डुङ्गा फर्किन बाध्य पारेको समाचारसंस्था एएफपीले जनाएको छ ।

मुख्य भूमीका प्राविधिक समस्या आएको कारण टापुमा पानी आपूर्ति समस्या भएको आपूर्ति कम्पनीले जनाएको छ । अहिले स्थानीय सरकारले ट्याङकरबाट ओसारेर प्रतिघर २५ लिटरका दरले पानी बितरण गरिरहेको छ ।

क्याप्रीमा दैनिक आउने हजारौं पर्यटक पुग्ने गरेका छन् । नेपल्समा रहेको क्याप्री, सेतो भिला, पर्यटकीय गन्तव्य र ठूला होटेलको लागि प्रसिद्ध रहेको छ । क्याप्रीमा झन्डै १३ हजार स्थायी बासिन्दा छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । नेपाल र भियतनामबिच व्यापार एवं लगानी प्रवर्द्धनका लागि दुई देशका निजी क्षेत्रले समझदारी गरेका छन् । नेपाल चेम्बरको

काठमाडौँ, २० असोज । बाढीपहिरामा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य

काठमाडौँ, २० असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पछाडि

काठमाडौँ, २० असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।