काठमाडौँ, ८ असार । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत ‘घरज्वाइँ’ले नयाँ गीत ‘बिन्जुरी’ सार्वजनिक गरेको छ ।
एसडी योगीको सङ्गीत रहेको गीतमा राम अविरल बिस्टको शब्द तथा सङ्गीतकार योगीको स्वर रहेको छ । गीतमा मिरुनालाई ‘बिन्जुरी’का रुपमा सम्बोधन गरिएको छ। बिन्जुरीको अर्थ फूल हो ।
अनिल बुढामगरले निर्देशन गरेको फिल्म असार २८ गते रिलिज हुँदै छ। जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् ।