कम्युनिस्ट पार्टी पुनर्गठनको तयारी छ : नेता सापकोटा

काठमाडौँ, ८ असार । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिस्ट पार्टी पुनर्गठनको तयारी भइरहेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले मुद्दा मिल्नेहरूसँग खुकुलो प्रकारको मोर्चा बनाएर बृहत् वामपन्थी एकीकरण गर्ने तयारी रहेको बताए ।

नेपाली जनता वामपन्थीलाई मन पराउने मात्र नभएर फेरि कम्युनिस्ट पार्टीको पुनर्गठन चाहिरहेको उनको भनाइ थियो । उनले भने, “भन्न त अहिले के भनिरहेका छन् भने– वामपन्थी एकीकरणले न सरकार चल्छ न देश चल्छ । होइन, यो विचारलाई हामी पूरै खारेज गर्न चाहन्छौँ,” “नेपाली जनता वामपन्थीहरूलाई रुचाउँछन् ।”

सापकोटाले समाजवाद भनेको गरिबी नभई सबैका निम्ति समृद्धि भएको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असाेज । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ

बैतडी, २९ असोज । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरुलाई अबको एक महिनाभित्रै संचालनमा ल्याउने

सिरहा, २९ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक

काठमाडौँ, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा