काठमाडौँ, ८ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेट जनतातिर फर्केको, समाजवादोन्मुख र उत्पादनलाई ध्यान दिएको बताएकी छन् ।
आज प्रेस सेन्टरले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटप्रति व्यक्त गुनासा एवं त्यसमा भएका त्रुटिलाई सम्भव भएसम्म सुधार गरेर जाने प्रयत्न भइरहेको बताइन् ।
बजेट सन्तुलित रहेको चर्चा गर्दै उनले भनिन्, “जनतातिर फर्केको, समाजवादोन्मुख र उत्पादनलाई ध्यान दिएको बजेट छ ।” बजेटमा कतिपय कुरा सच्च्याएर जान सकिने भए पनि सुधार गरेर लैजान पाइँदैन भन्ने परम्परागत संसदीय व्यवस्थाको अभ्यासलाई मानेर जानुपर्छ भन्नु बेठिक भएको उनको धारणा छ ।
उनले अहिलेको गठबन्धन सरकारको विकल्पबारे नसोचिएको दाबी गरिन् ।