संसद‍्मा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौँ, ७ असार । नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद‍्मा अनिवार्य उस्थिति हुन सांसदलाई निर्देशन दिएको छ ।

आज अपराह्न नयाँ बानेश्वरमा बसेको दलको बैठकले संसदबाट बजेट पारित नहुञ्जेलसम्म अनिवार्य उपस्थिति हुन निर्देशन दिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । ‘आगामी आर्थिक वर्षको २०८१–८२ को विनियोजित विधेयक बजेट आगामी संसद् बैठकमा निर्णायथ प्रस्तुत हुने कार्यसूची रहेको छ । असार ९ गतेबाट सुरु हुने सबै बैठकमा विनियोजन विधेयक निर्णायथ प्रस्तुत नहुन्जेलसम्मका लागि सबै सांसदलाई अनिवार्य उपस्थिति हुन दलको बैठकले निर्देशन दिएको छ,’ उनले भने ।

संसदमा दलको निर्देशन अनुसार प्रस्तुत हुन सांसदलाई भनिएको लेखकले बताए । ‘बजेटमा के पोजिसन राख्ने भनेर त्यसैबेला निर्णय गर्छौँ,’ उनले भने । प्रतिपक्षको भूमिकामा भएकाले जनताका मुद्दामा मुखतिर भएर संसदमा प्रस्तुत हुन सांसदलाई बैठकले निर्देशन दिएको लेखकले बताए । ‘संसद्का पछिल्ला बैठकमा माननीयहरूको उपस्थिति पातलो देखिएको छ । त्यसैले नेपाली कांग्रेसका माननीयलाई संसदमा उपस्थिति भएर जनताका आवाजलाई उठाउन र प्रतिपक्षको भूमिका क्रियाशीलता पूर्वक निर्वाह गर्न निर्देशन दिएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । बझाङमा १६ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार

वीरगञ्ज, १ जेठ । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ ।  वीरगञ्ज महानगरको निर्णयअनुसार

काठमाडौँ, १ जेठ । झापामा हुरीले घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गए

काठमाडौँ, १ जेठ । सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनिकरण तथा उद्वारका लागि आफ्नो तयारी थालेको छ । यसका