काठमाडौँ, ७ असार । बागमती प्रदेशसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।
निर्धारित समयभन्दा २ घण्टा ढिलासम्म पनि बैठक सुरु हुन नसकेपछि सूचना टाँस गरेर स्थगित गरिएको हो ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेसम्म पनि सुरु हुन सकेको छैन । बजेट माथिको विवादका कारण प्रदेशसभा बैठक प्रभावित हुँदै आएको छ ।
सरकारको बजेट माथि छलफलका लागि आह्वान गरिएको बिहीबारको बैठकमा प्रतिपक्षी दलहरूको अवरोध रहेको थियो । प्रतिपक्ष दलको अवरोध पछि दिउँसो ३ बजेका लागि बैठक सारिएको थियो ।