एकीकृत समाजवादीको महाधिवेशन : पार्टीले भात खुवाउने, बास आफैँ खोज्नुपर्ने

काठमाडौँ, ७ असार । नेकपा (एकीकृत समाजवादी) को असार १६ देखि २० सम्म काठमाडौँमा हुने महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई महाधिवेशन अवधिभर बिहान बेलुका खाना खुवाउने भएको छ ।

प्रतिनिधिहरूलाई महाधिवेशन स्थलमै खाना खुवाउन क्याटरिङलाई व्यवस्थापनको जिम्मा दिएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतिनिधिहरूले महाधिवेशन अवधिभर काठमाडौँमा रहँदा बस्ने बासको व्यवस्था सम्बन्धित जिल्ला कमिटीको रोहबरमा प्रतिनिधि आफैँले गर्नुपर्नेछ । प्रतिनिधिहरूलाई १६ गते बेलुकाबाट ९ छाक भात खुवाउने व्यवस्था पार्टीले मिलाएको छ भने दैनिक चिया र खाजाको व्यवस्था पनि गर्ने भएको छ ।  

महाधिवेशनमा १ हजार ७७८ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ । महाधिवेशन सम्पन्न गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन भएको छ भने अन्य १२ उपसमितिहरू गठन गरेर कार्य विभाजन गरिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब ४८ करोड ८७ लाख ८०

काठमाडौँ, १० असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको

काठमाडौँ, १० असार । भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौँ, १० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता