एकीकृत समाजवादीको महाधिवेशन : पार्टीले भात खुवाउने, बास आफैँ खोज्नुपर्ने

काठमाडौँ, ७ असार । नेकपा (एकीकृत समाजवादी) को असार १६ देखि २० सम्म काठमाडौँमा हुने महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई महाधिवेशन अवधिभर बिहान बेलुका खाना खुवाउने भएको छ ।

प्रतिनिधिहरूलाई महाधिवेशन स्थलमै खाना खुवाउन क्याटरिङलाई व्यवस्थापनको जिम्मा दिएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतिनिधिहरूले महाधिवेशन अवधिभर काठमाडौँमा रहँदा बस्ने बासको व्यवस्था सम्बन्धित जिल्ला कमिटीको रोहबरमा प्रतिनिधि आफैँले गर्नुपर्नेछ । प्रतिनिधिहरूलाई १६ गते बेलुकाबाट ९ छाक भात खुवाउने व्यवस्था पार्टीले मिलाएको छ भने दैनिक चिया र खाजाको व्यवस्था पनि गर्ने भएको छ ।  

महाधिवेशनमा १ हजार ७७८ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ । महाधिवेशन सम्पन्न गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन भएको छ भने अन्य १२ उपसमितिहरू गठन गरेर कार्य विभाजन गरिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्