भारतमा गर्मीका कारण ३ सय बढीको मृत्यु

एजेन्सी, ७ असार । भारतमा चरम गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु भएको छ ।

धेरै मृत्यु उत्तर प्रदेश, बिहार, राजस्थान, हरियाणामा भएका छन् । मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका छन् ।

हुन त मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने बताइन्छ । तर चिकित्सकहरुले पनि अत्यधिक गर्मी र लुकै कारण भारतमा मानिसहरुको ज्यान गइरहेको बताएका छन् । अस्पतालहरुमा गर्मीका कारण बिरामी परेकाहरुको चाप पनि अत्यधिक छ ।

भारतमा बेवारिसे व्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘सेन्टर फर होलिस्टिक डेभलमपेन्ट’ले जुन ११ देखि जुन १९ को बीचमा नयाँदिल्लीमा अत्यधिक गर्मीका कारण १९२ जना बेघर व्यक्तिहरुको मृत्यु भएको जनाएको छ । यसैगरी उत्तर प्रदेशमा १८ जुनमा मात्रै १७० जनाको मृत्यु हिट स्ट्रोकका कारण भएको थियो । उत्तर प्रदेशका धेरैजसो राज्यहरुमा अधिकतम तापक्रम ४७–४८ डिग्री सेल्सियससम्म पुगेको थियो ।

१९ जुनको राति आँधीपछि परेको पानीका कारण गर्मीमा थोरै राहत मिलेको थियो । तर हिट स्ट्रोकका कारण बिरामी परेकाहरु अहिले पनि अस्पतालमा उपचाररत छन् । अस्पतालहरुमा शय्या अभाव भएपछि भुइँमै राखेर पनि उपचार गराउनु परेको छ ।बिरामीको चाप थेग्न नसकेपछि गम्भीर अवस्थाका बिरामीलाई मात्र अस्पतालमा भर्ना गरेर अन्यलाई औषधि दिएर घर पठाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक

काठमाडौँ, ५ जेठ । विधायिकी भूमिकामा रहेका सांसदले आर्थिक परिचालन गर्दा शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हुने भन्दै सर्वोच्च अदालतले समेत रोक

काठमाडौँ, ४ जेठ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् ।

काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको हानीनोक्सानी कोष (फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज) का