रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना

काठमाडौँ, ७ असार । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले रु ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ ।

प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो । चालु आवको साउनदेखि जेठ मसान्तसम्म रु ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका मालसामान चीनबाट आयात भएको तथा रु एक अर्ब ८४ करोड ७६ लाख बराबरका सामग्री निर्यात भएको छ । 

राजस्व सङ्कलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा एक सय ६५ प्रतिशतले वृद्वि भएको उनले बताए । जेठ मसान्तसम्ममा रु १९ अर्ब १७ करोड २१ लाख असुली भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्