समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

काठमाडौँ, ७ असार । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । विहिवार बसेको परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा परिषद्का अध्यक्ष भगबती चौधरीको अध्यक्षतामा बसेको बैठकले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने कार्य अगाडि बढाएको हो । उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोली समेत खटाएको छ ।

बैठकले परिषद्लाई थप व्यवस्थित गर्नका निम्ति डिजिटलाइजेशनमा लैजाने प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ । मन्त्री चौधरीको पहलमा परिषद्को कामकारबाही थप व्यवस्थित गर्न डिजिटलाइजेनशमा लैजान यसअघि परिषद्लाई निर्देशन दिनुभएको थियो ।

साथै बैठकले परिषद्का पदाधिकारीहरूको कार्य विभाजन समेत परिवर्तन गरेको छ । जसअनुसार अध्यक्ष र सदस्यसचिवमा निहित अधिकारहरू उपाध्यक्ष, कोषाध्यक्ष र बोर्डका सदस्यहरूलाई अधिकार प्रत्यायोजन गर्न प्रक्रिया अगाडि बढाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

काठमाडौँ, ३० बैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् । 

विराटनगर, ३० बैशाख । गृहमन्त्री रमेश लेखकले राजावादी गतिविधिबारे कडा चेतावनी दिएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले

काठमाडौँ, ३० बैशाख । प्रतिनिधि सभाले जेठ १ गतेदेखि १५ गतेसम्मको बैठक बस्ने पाक्षिक क्यालेन्डर तय गरेको छ ।  सभामुख