काठमाडौँ, ६ असार । बलिउड अभिनेता सन्नी देओलले साउथ फिल्ममा काम गर्न बताइएको छ । हाल उनी ‘लाहोर १९४७’ को छायांकनमा व्यस्त छन् । यो फिल्म सन् २०२५ मा रिलिज हुने योजना छ ।
अभिनेता आफैंले सामाजिक सञ्जालमार्फत तेलुगू निर्देशक गोपीचन्द मालिनेनीसँग नयाँ फिल्ममा काम गर्न लागेको जानकारी दिएका छन् ।
एन्नाउन्समेन्ट पोस्टरसँगै उनले निर्देशकको नाम र फिल्मको विवरण फ्यानसँग सेयर गरेका छन् । त्यसपछि फ्यानहरुको उत्साह हेर्नलायक छ । उनीहरुले फिल्मको प्रतीक्षामा रहेको उल्लेख गरेका छन् । फिल्मको नाममा हाललाई ‘एसडीजीएम’ राखिएको छ । फिल्मको छायांकन सेड्युल र कास्ट एन्ड क्रूको विवरण पनि छिट्टै सार्वजनिक गरिने उल्लेख छ ।