प्रविधिको अधिकतम प्रयोग गरेर करदातालाई सहज बनाउनुपर्छः सचेतक बराल

काठमाडौँ, ६ असार । नेकपा (एमाले)को प्रतिनिधिसभाका सचेतक सुनिता बरालले २१औं शताव्दीको माग, चाहना र आवश्यकता अनुसार प्रविधिको अधिकतम प्रयोग गरी राजश्व संकलनमा करदातालाई सहज बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

आजको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सचेतक बरालले सरकारले राजश्व उठेन भनेर चिन्ता लिइरहेको समयमा करदाता भने राजश्व तिर्नेकै लागि लामो लाईनमा बस्नु परिरहेको बताउनुभयो । सरकारले उक्त प्रकारका सास्तीलाई प्रविधिको प्रयोग गरी सहज बनाउनुपर्ने जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘देश विकासका लागि कर र राजश्वको महत्वपुर्ण भूमिका रहन्छ । हाम्रा सरकारहरु, अर्थमन्त्री र राजश्व प्रशासन यसकै बारेमा चिन्तित भएको देखिन्छ । तर के हाम्रो सरकारलाई थाहा छ ? आज राजश्व तिर्न नागरिकहरु कति लामो लाइनमा छन् भनेर ? यतातिर राजश्व नउठेको चिन्ता गर्ने अर्कोतिर राजश्व तिर्नका लागि कर तिर्नका लागि लामा लामा लाइन बस्न पर्ने, विभिन्न किसिमका सास्ती खेप्न पर्ने कुरा पटक्कै मिल्दो भएन । त्यसकारण प्रविधिको अधिकतम प्रयोग गरेर राजश्व करदाताहरुलाई सहज वातावरण निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ File Photo

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्