चक्रपथ विस्तारबारे १० सांसदद्वारा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौँ, ६ असार । चक्रपथ विस्तारबारे संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । काठमाडौँबाट प्रतिनिधित्व गर्ने १० सांसदले प्रस्ताव दर्ता गराएका हुन् । चक्रपथ दोस्रो खण्ड विस्तार अलपत्र परेकाले प्रस्ताव दर्ता गराउनुपरेको उनीहरूले उल्लेख गरेका छन् । 

संसद्मा जेठ २९ मा प्रस्ताव दर्ता भए पनि बजेट पास भएपछि यसबारे छलफल हुने प्रस्तावक कांग्रेस सांसद प्रदीप पौडेलले बताए । प्रस्तावको समर्थकमा कांग्रेसका अन्य सांसद गगन थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजन केसी, अम्बिका बस्नेत, सपना राजभण्डारी तथा रास्वपाका सांसद शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुली छन् ।

चक्रपथ दोस्रो खण्ड विस्तारको चर्चा चलेकै ६ वर्षभन्दा बढी भइसकेको छ तर हालसम्म काम अघि बढ्न सकेको छैन । चीनले कि नेपाल सरकारले बनाउने भन्नेमा अझै अन्योल छ । विकास निर्माणमा ढिलासुस्ती हुँदा राज्य जवाफदेही हुन नसकेको र नागरिकमा निराशा बढ्दै गएकाले राज्यलाई आफ्नो कामकारबाहीप्रति जिम्मेवार र जवाफदेही बनाउनुपर्ने प्रस्तावमा उल्लेख छ । त्यस्तै चीन र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको लामो समय बित्दा पनि सडक विस्तारमा किन ढिलाइ भएको हो, कारण यकिन गरी तत्काल निर्माण अघि बढाउनुपर्ने प्रस्तावमा भनिएको छ । प्रस्तावमा नेपाल र चीन सरकारबीच विगतमा भएको सम्झौताअनुसार चक्रपथ निर्माण हुने नहुनेबारे निर्क्योल गरी अघि बढाउन नसक्ने परिस्थिति रहेमा नेपाल सरकारले आफ्नै लगानीमा विस्तार अविलम्ब अघि बढाउनुपर्ने जनाइएको छ ।

सांसद प्रदीप पौडेलले अतिक्रमित भएका सार्वजनिक जग्गाको एकीकृत व्यवस्थापन गर्न र विकास निर्माण गर्दा सरकारका विभिन्न निकाय बीचमा अनिवार्य सहकार्य गर्नुपर्ने सम्बन्धमा गरी दुई वटा छुट्टै सार्वजनिक महत्त्वको प्रस्ताव संसद्मा दर्ता गराएका छन् । यसमा सांसदद्वय प्रतिमा गौतम र सपनाराज भण्डारीको समर्थन छ । स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर मात्रै विकास आयोजना अघि बढाउनसमेत सरकारको ध्यानाकर्षण गरिएको छ । सडक कालोपत्र गर्नुपूर्व त्यस ठाउँमा ढल, खानेपानीको पाइप, बिजुलीको तार भूमिगत गर्ने जस्ता विषय योजनामा भए/नभएको वा आवश्यक रहे/नरहेको यकिन गरेर मात्रै सडक कालोपत्र गर्नसमेत उनले ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत

काठमाडौँ, ४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू दैलेखी  भएको बताएका छन् ।  आज

गाजा सिटी, ४ जेठ । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई

काठमाडौँ, ४ जेठ । उच्च अदालत पोखराले पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश गरेको छ ।