काठमाडौँ, ६ असार । पाकिस्तानी मोडेल डा. एलिया सोयव अभिनित रोमान्टिक म्युजिक भिडियो ‘माया बस्यो’ सार्वजनिक भएको छ ।
भिडियोमा एलियालाई गायक सुरेश लामाले मोडलिङमा साथ दिएका छन् । गीतमा स्वर पनि लामाकै छ । युवाको प्रेम र आकर्षण व्यक्त गरिएको गीतमा शब्द र सङ्गीत डा. एलिया सोयव र सुरेश लामाकै छ । गीतमा सङ्गीत संयोजन रिकेश गुरुङको छ ।
पवन सुस्लिङको छायाङ्कन र सम्पादन रहेको भिडियोमा निर्मल कुमार लामा ( बिजी) को निर्देशन छ ।
म्युजिक भिडियो